Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन नेपाल पत्रकार महासंघको माग

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, १७ : ४६ मा प्रकाशित

सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन नेपाल पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । महासंघको तर्फबाट महासचिव रामप्रसाद दाहालले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपाल दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघले असहमति जनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुनसक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ ।’ महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको दाहालको दाबी छ । तर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्नेगरि कुनैपनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार नगर्ने भनिएको छ । महासंघले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।


 

68b9810d85454.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको