Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल सहभागिता फण्डले इकाइधनीलाई लाभांश पठाउन थाल्यो

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, ०७ : २१ मा प्रकाशित

एनआइबिएल सहभागिता फण्डले इकाइधनीलाई लाभांश पठाउन थाल्यो

एनआईबिएल म्युचुअल फण्डअन्तर्गतको खुलामुखी योजना ‘एनआइबिएल सहभागिता फण्ड’ ले आर्थिक वर्ष २०८१/८२ का लागि घोषणा गरेको ७ प्रतिशत लाभांश इकाइधनीको खातामा पठाउन सुरु गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड प्रवद्र्धक तथा एनआईएमबीएस क्यापिटल योजना व्यवस्थापकको जिम्मेवारीमा रहेको यस फण्डले साउन २१ गतेदेखि हितग्राही खातामा दर्ता भएका बैंक खातामा लाभांश जम्मा गर्न थालेको हो।

क्यापिटलले भनेको छ— अझै बैंक खाता विवरण अद्यावधिक नगराएका इकाइधनीहरूले शीघ्र विवरण अपडेट गर्नुपर्छ, अन्यथा रकम प्राप्तिमा ढिलाइ हुन सक्छ।

हाल यस योजनाको स्वीकृत कोष आकार ६ अर्बभन्दा बढी पुगेको छ। सीमाभन्दा माथिको इकाइ भए पनि साउन ४ गतेसम्म लगानी गरेका सबै इकाइधनीलाई लाभांश उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको