नेपाल भ्यालुयर्स एशोसियसनको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक संबद्ध आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ । संघले विज्ञप्ति जारी गरेर साउन १२ गतेदेखि जारी आन्दोलनका कार्यक्रम अन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लागि गरिने काम बन्द बाहेकका अन्य आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
संघले नेपाल बैंकर्स एशोसिएसन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पत्रको स्वागत गर्दै धर्ना, जुलुस, पत्रकार सम्मेलन लगायतका आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ । वार्ता र संवादद्वारा समस्या समाधान गर्ने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस