Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना

मंगलबार, २४ बैशाख २०७६, १६ : २५ मा प्रकाशित

पोखरामा अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना

अर्थ संसार, काठमाडौं - पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराएका छन् ।
    
सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उनीहरु दुवैजना सकुशल रहेका छन्  । कार्यालयका अनुसार सो विमानमा सामान्य क्षति भएको छ । विमानको पखेटा भाँच्चिएको र अगाडिको सिसा फुटेको छ ।

रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको