Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्निर्माणको सहुलियत ऋण लिन थप सुविधा

मंगलबार, २४ बैशाख २०७६, २० : ३६ मा प्रकाशित

पुनर्निर्माणको सहुलियत ऋण लिन थप सुविधा

अर्थ संसार, काठमाडौं - भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माण गर्न सहुलियतपूर्ण ऋण लिन थप सहज हुने भएको छ । भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि पनि थप कर्जा लिन पाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराएको हो । भूकम्पपीडितले निजी आवास निर्माणका लागि ऋण लिएको भए पनि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जामध्ये एक शीर्षकको कर्जा लिन सक्नेछन् ।

भूकम्पपीडितले कर्जा लिँदा राख्नुपर्ने धितोका बारेमा पनि प्रस्ट पारिएको छ । निजी आवास पुनर्निर्माण वा प्रबलीकरण लाभग्राहीले कर्जा लिई निर्माण गर्ने वा गरिरहेको घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण दिनु पर्नेछ । भूकम्पपीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ । 
–––

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको