Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १० : १५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि १५ हजार २७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनी इन्द्र प्रसाद शेरचनले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गरी लिन ईच्छुक हाल कायम संस्थापक सेयरधनीहरुलाई नेपाल राष्ट्र बैंक एकिकृत निर्देशन नं. १०/२०८२ को बुँदा १५ (ख) मा रहेकोले संस्थापक सेयरधनीहरुको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

यदि कुनै संस्थापक सेयरधनी महानुभावलाई उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कती कित्ता सेयर खरिद गर्न चाहेको हो त्यसको व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको