अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले श्रीहरि सेक्युरिटिजलाई ब्रोकरको कारोबार गर्नबाट एक साताका लागि निलंवित गरेको छ । ब्रोकर नम्बर ५६ को श्रीहरी सेक्युरिटिजले समयमा राफसाफ नगरेको भन्दै बिहीबारदेखि ७ कार्य दिनका लागि निलंबन गरिएको नेप्सेले जनाएको छ । यही महिना निलंबन हुने श्रीहरि दोस्रो हो । यसअघि नेप्सेले क्रिएटिभ सेक्युरिटिज प्रालिलाई कारोबार गर्नबाट निलंबन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस