Like us!
Follow us!
Connect us!
Watch us!

लामो समयदेखी अध्ययन पनि हुन नसकेको टोखा–छहरे सुरुङमार्ग, एक वर्षभित्र निर्माण थालिने बालेन सरकारको योजना

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, १६ : १४ मा प्रकाशित

लामो समयदेखी अध्ययन पनि हुन नसकेको टोखा–छहरे सुरुङमार्ग, एक वर्षभित्र निर्माण थालिने बालेन सरकारको योजना

विगतका दिनहरुमा पनि बजेट विनियोजन गरेको र अध्ययन समेत सुरु हुन नसकेको एउटा आयोजना हो टोखा–छहरे सुरुङमार्ग । यो आयोजनाका लागि वितग ४–५ वर्षदेखि यो आयोजना बजेटमा समावेश हुँदै आएको छ । 

यो सुरुङमाग खासगरी, उत्तरी छिमेकी मुलुक चीनसँगै जोड्ने छोटो मार्गका रुपमा यो सुरुङमार्ग निर्माण गर्ने परिकल्पना गरिएको थियो । यो सुरुङमार्गमा विगतदेखि बजेटमा समावेश गरिए पनि अहिलेसम्म अध्ययन कार्य समेत सम्पन्न हुन सकेको छैन् । यो आयोजनालाई बालेन सरकारको आगामी आर्थिक वर्षमा निर्माण सुरु गर्ने बताएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन(डीपीआर) बनाएर निर्माण प्रक्रियामा अघि बढाउने घोषणा गरेका छन् । तर, प्रारम्भिक अध्ययन कार्य भए पनि सुरुङमार्गको विस्तृत अध्ययन कार्य, वित्तीय व्यवस्थापनलगायतका प्रक्रियागत कामहरु अघि बढ्न सकेका छैनन् । 

टोखा–छहरे सुरुङमार्ग आयोजना अघि बढाउनुपूर्व आवश्यक पर्ने पूँजी जुटाउने दायित्व सरकारकै हो । उक्त सुरुङमार्ग आयोजना बनाउन नेपाल सरकारको एक्लैको पूँजीले सम्भव छैन् । विदेशीको सहयोग लिनु पर्ने सरकारको बाध्यता छ । यो आयोजना निर्माण गरिदिनका लागि विगतका सरकारहरुले चिन सरकारसँग आग्रह गर्दै आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उक्त सुरुङमार्ग आयोजना चिनिँया सरकारको अनुदान सहयोगमा बनाउने भनेर समझदारीपत्र (एमओयू)मा समेत हस्ताक्षर गरेका थिए ।

हाल चिनिँया पक्षले अनुदान सहयोगमै अहिले सुरुङमार्गको सर्भे डिजाइनको काम अन्तिम चरणमा पुर्याएको छ । चिनिँया पक्षबाट नै डीपीआर निर्माण गरेर आयोजना अघि बढाउने पक्षमा सरकार पुगेको छ । यसअघि विगतका सरकारले उक्त सुरुङमार्ग बनाउन पटक पटक हारगुहार गरे पनि अहिलेसम्म चिनिँया पक्षले प्रारम्भिक अध्ययन र डिजाइनको काम तथा आयोजनाको विस्ततृत अध्ययन र निर्माणकार्य भने अघि बढाउन चाहेको छैन् ।

करिब ३० अर्ब खर्च लाग्ने अनुमान 

प्रारम्भिक अध्ययनअनुसार यो आयोजना निर्माण गर्नका लागि करिब ३० अर्ब लागत लाग्ने अनुमान छ । चिनियाँ पक्षले यत्रो रहक अनुदान सहयोगमा बनाइदिने छाँटकाँट देखाएको छैन् । तर, नेपाल पक्ष भने यतिबेला यो आयोजना चिनियाँ पक्षले अनुदान सहयोगमा बनाइदिन्छ भन्ने ठूलो आसमा छ ।
आर्थिक वर्ष २०८०/०८१ मा आयोजनालाई निर्माण प्रक्रियामा लैजान भनेर सरकारले त्यसबेला १ अर्ब २५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो । सर्भे, डिजाइन अध्ययनलगायतका कामका लागि विनियोजन भएको उक्त बजेट काम नभएपछि उक्त रकम अन्य आयोजनामा रकमान्तर गरियो । तर, आयोजना भने अघि बढ्न सकेन् ।

टोखा देखि छहरेसम्म कुल ३४ किलोमिटरको यात्रा सुरुङमार्ग बनेपछि भने ४ किलोमिटरमा सिमित हुने छ । अर्थात सडकमार्गबाट ३० किलोमिटर यात्रा छोटिनेछ । नेपाल र चीनको आयात र व्यापारका दृष्टिकोणले समेत यो सुरुङमार्ग कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको