सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा हङकङले ओमानलाई पराजित गरेसँगै हङकङ समूहविजेता र ओमान उपविजेता भएपछि समूह ‘ए’ को विजेता नेपालले ओमानसँग खेल्ने भएको हो ।
नेपालले बिहीबार नै मलेसियालाई हराएर समूह ‘ए’ को विजेता बनिसकेको छ । मलेसियाले सेमिफाइनलमा हङकङसँग खेल्नेछ । चारवटै टोली जापानमा हुने एसियन गेम्समा छनोट भइसकेका छन् ।
शुक्रबार हङकङले ओमानमाथि १५४ रनको जित हासिल गरेको हो । हङकङले दिएको २८८ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस