Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, १६ : ५८ मा प्रकाशित

टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान

सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुलसा अधिकारी जेल चलान भएकी छन् । उनलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बिहीबार दिएको हो । उनलाई नख्खु कारागार लगिने प्रहरीले  जनाएको  छ ।

कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो । चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको