Like us!
Follow us!
Connect us!
Watch us!

गायक प्रकाश ओझा चलान भए जेल

शुक्रबार, १४ माघ २०७३, १७ : ४९ मा प्रकाशित

गायक प्रकाश ओझा  चलान भए जेल

अर्थ संसार 
काठमाडौं–  युवापुस्ताका चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा जेल चलान भएका छन् । इटहरी घर भएका ओझालाई केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले काठमाडौंको शंखमुलबाट शुक्रबार पक्राउ गरेको हो ।

तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा पक्राउ परेका हुन् । 

४३ वर्षीय ओझालाई शुक्रबारै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो । 

ओझाले नाबालिकाहरुको अश्लित तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिइ पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो । ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर देखाइ अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनलाई अदालतले जेल सजाय तोकेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको