Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : अस्ट्रेलियाको विजयी सुरुवात

अर्थ संसार

आइतबार, ३१ जेठ २०८३, ११ : २७ मा प्रकाशित

विश्वकप फुटबल : अस्ट्रेलियाको विजयी सुरुवात

अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७ औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५औं मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाए । ६० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि टर्कीले गोल गर्न सकेन । खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन ।

यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे अंकविहीन छन् । यसअघि आजै भएका खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए । आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको