फिफा विश्वकप फुटबलमा स्कटल्यान्डले विजयी शुरुआत गरेको छ । समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो ।
अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको २८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । जीतसँगै उसले महत्वपूर्ण तीन अंक जोडेको छ ।
अहिले पौने १० बजे समूह ‘डी’ को अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् । यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो । मोरक्कोका स्माइल साइबरीले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुबै टोलीले एक÷एक अंक बाँडेका छन् ।
त्यस्तै स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको १७ औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा कतारका बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस