Like us!
Follow us!
Connect us!
Watch us!

निरपेक्ष गरिबी १८.७ प्रतिशत

सोमबार, १३ जेठ २०७६, १६ : १६ मा प्रकाशित

निरपेक्ष गरिबी १८.७ प्रतिशत

अर्थ संसार, काठमाडौँ–आर्थिक वर्ष २०७५\०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्नु भएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसङ्ख्या घटेर १८ दशमलव सात प्रतिशतमा झरेको सर्वेक्षणको अनुमान छ । चालू आवमा प्रतिव्यक्ति आय रु एक लाख १७ हजार पुग्ने अनुमान गरिएको उक्त सर्भेक्षणमा प्रतिव्यक्ति खर्चयोग्य आय रु एक लाख ५५ हजार पुगेको अनुमान गरिएको छ ।

कूल लगानी २९.० प्रतिशतले वृद्धि भई रु २१ खर्ब ५७ अर्ब हुने अनुमान छ । कूल गार्हस्थ्य बचतको वृद्धिभन्दा कूल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ । गत फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४र०७५ को सोही अवधिको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ४१ अर्ब पुगेको छ ।

त्यस्तै फागुनसम्म सङ्घीय विभाज्य कोष र सङ्घीय सञ्चित कोषमा दाखिला भएको राजस्व रु पाँच खर्ब छ । यो रकम आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिको तुलनामा २१ दशमलव सात प्रतिशतले बढी हो ।

चालू आवको फागुनसम्म अनुदान रु १३ अर्ब र ऋण रु ९३ अर्ब गरी थप रु एक खर्ब सात अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ । गत फागुनसम्ममा कूल सार्वजनिक ऋण रु नौ खर्ब ७८ अर्ब छ । यसमध्ये रु तीन खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र रु पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको सर्वेक्षणमा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको