अर्थ संसार, काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि  १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति शेयर लगानीकर्ताले मिश्रित विचार व्यक्त गरेका छन् ।
यसो भन्छन शेयर विश्लेषकहरु
लगानीकर्ताको चाहना र माग अनुसारको बजेट
छोटेलाल रौनियार, अध्यक्ष, इन्भेष्टर फोरम
लगानीकर्ताको चाहना र माग अनुसारको बजेट आएको छ । बजेटले पहिलो पटक शेयर बजारलाई ठोस रुपले सम्बोधन गरेको छ । शेयर बजारमा एनआरएन भित्र्याउने विषय, कमर्सियल बैंक र बीमा कम्पनीहरुलाई बिग मर्जरमा प्रोत्साहन लगायतका विषयले शेयर बजारले फड्को मार्नेमा उनको विश्वास छ । अर्थमन्त्रालय, अर्थमन्त्री डा युवराज खतिवडा, धितोपत्र बोर्ड, नेप्से, राष्ट्र बैंक लगायतका सबै नियामक निकायलाई विशेष धन्यवाद समेत दिन चाहान्छु ।
बजेटले पूँजी बजारलाई सुधार र व्यवस्थित गर्नेछ
राधा पोखरेल, अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ
माननिय अर्थ मन्त्री डा. यूवराज खतिवडाले दुबै सदनमा बुधबार प्रश्तुत गर्नु भएको  आर्थिक वर्ष  २०७६\०७७ को बजेटबाट पूँजी बजारलाई सुधार र ब्यवस्थित गर्नका लागि  तपसिल वमोजिमका कदम चाल्नु भएको हुँदा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको साथै मेरो ब्यक्तिगत तर्फबाट समेत स्वागत गर्न चाहन्छु । साथै हाम्रो संघले धेरै पहिला देखि उठाउदै आएका धेरै वुदाहरु वजेटमा समाबेस भएका छन् । वजेटमा समाबेस हुन नमिलेका बुदाहरु आगामी आर्थिक वर्षमा राष्ट्र बैंकले जारी गर्ने मौद्रिक निति मार्फत सम्बोधन हुने कुरामा हामि आशावादी रहेका छौ ।
बजेट मार्फत पूँजी बजारका लागी चाल्नु भएका सुधारका कदमहरु
	- 
	
शेयर कारोवार गर्ने प्राकृतिक ब्यक्तिलाई पूँजीगत लाभ कर ५ प्रतिशत कायम गरिएको छ ।
	 
	- 
	
घितोपत्रको दोस्रो बजारमा निश्चित रकम भन्दा बढीको कारोबार गर्ने लगानीकर्तालाई प्यान सहितको विवरण नेप्से तथा सिडिएससीको राफसाफ प्रणालीमा आबद्ध गरिने छ ।
	 
	- 
	
 धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुधार गरिनेछ ।
	 
	- 
	
 बैंकहरुलाई विग मर्जरमा लान प्रोत्साहित गरिनेछ ।यस किसिमको  मर्जर निति बिमा कम्पनीहरुलाई समेत  लिईने छ ।
	 
	- 
	
गैर आवासिय नेपालीलाई धितोपत्र कारोबारको  दोस्रो बजारमा लगानी गर्न दायरा फराकिलो बनाईने छ ।
	 
बजेट नहाँस्न सकिने न रुन सकिने जस्तो, ठूलो उत्साह आउने देखिदैन
रामु खनाल, शेयर विश्लेषक
बजेट मार्फत पूँजी बजारको निम्ति खासै ठूलो अपेक्षा नगरिएता पनि केहि आशा भने  लगानीकर्ताहरुले पक्कै गरेका थिए ।  तर बजार हल्ला जस्तो बजेट देखिएन ।  बजेट मार्फत क्यापिटल गेन ट्याक्स प्राकृतिक ब्याक्तिको हकमा  ५ प्रतिशतमा  झारिएको छ, यो समग्र बजार एव लगानीकर्ताहरुको निम्ति खुशीको कुरा हो ।  बैक , बित्तिय संस्था तथा बिमा कम्पनीहरुलाई  आपसमा गाभ्नलाइ प्रोत्साहन गरिने भनिएको छ, यसबाट संस्था आपसमा मर्जर हुँदा सस्थाहरुको  संख्यामा कमि त आउला तर यहि कारणले नै लगानीकर्ताहरुलाई प्रतिफल राम्रो होला नै भन्न सकिदैन । 
बजेट मार्फत धितोपत्र बोर्ड , नेप्से , सिडिएसलाइ सुधार एव व्यवस्थित गरिने भनिएको छ ।  यो  सुधार एव व्यवस्थित भन्ने शब्द पुँजी बजारमा हुने इन्साउडर ट्रेडिङ्गको नियन्त्रण, वेब साइटमा रहेको समस्या हट्ने एव हटाउने  तथा अनलाइन प्रणालि  प्रभावकारी होस् भन्ने आम लगानीकर्ताहरुको आशा एव अपेक्षा रहेको छ ।   निश्चित रकम भन्दा माथिको  कारोबारलाइ  प्यान विवरण राखिने भनिएको कारण पटक पटक बजारमा प्यान आतंक तथा कालोधनको कुरा ल्याई  बजारमा चलखेल गर्नेलाइ केहि हद सम्म रोक्ने छ । निश्चित रकम भन्दा माथिको  कारोबारलाइ  प्यान द्वारा व्यवस्थित गरिनु राम्रो कुरा हो ।   
लगानीकर्ताहरुलाई  अल्पकालीन तथा दृघकालिन लगानीकर्ता भनि लगानीकर्ताहरुलाइ विभाजन गरि त्यसमा करको  बिबिधि करण गरिनु  पर्थ्यो  त्यो हुन सकेन।  बजारमा  महिला तथा अपाङ्गहरुलाइ प्रोत्सान गर्न केहि कर छुटको ब्यवस्था गरिनु पर्थ्यो त्यो हुन सकेन। पुँजी बजारको निम्ति बजेट त्यति धेरै उत्साह जनक पनि छैन र निराश भइ हाल्नु पर्ने पनि छैन । समग्रमा  पुँजीबजारको निम्ति बजेट न खुलेर हाँस्न सकिने  न रुन सकिने जस्तो छ ।
बजेटबाट केही  आशा गर्ने ठाउँ छ 
नरेन्द्र चुदाली, शेयर विश्लेषक   
बजेट समग्र रुपमा हेर्दा राम्रो आएको छ । उत्पादनमुलक  र कृषि उद्योग  लाई विशेष प्राथामिकता दिई निर्यातमा जोड दिएको बजेटले आर्थिक गतिविधि बढाउन  भुमिका खेल्ने देखिन्छ। सामाजिक सुरक्षाका सवाललाइ पनि बजेटले सम्बोधन गरेको छ । यसबाट सरकारको खर्च बढ्ने भएपनी यो राज्यको जिम्मेवारी भएकोले यसलाइ अन्य पक्षबाट सन्तुलनमा ल्याउनु पर्ने देखिन्छ । विकास बजेट अझै बढाउन सकेको भए    राम्रो हुन्थ्यो । अब कार्यान्वयन पक्ष हेर्न बाँकी छ ।
जहाँ सम्म पुजि बजारको कुरा छ ,  कुनै एक आर्थिक बर्षको बजेटमै बजारका सम्पुर्ण सवालहरु सम्बोधन हुन्छ्न भन्ने होइन । तथापी  बजेटले पुजि बजारका मुलभुत पक्षलाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । पुँजी बजारको विकास र विस्तारका लागि आम लगानिकर्ताले उठाइरहेका सवालको साथै बजारको आबस्यकतालाइ बजेटमा समेट्न खोजिएको छ । पुजिगत लाभकर घटाउने,गैर आवासिय नेपालीलाई दोस्रो बजारमा लगानीको लागि उचित वातावरण सृजना गर्ने, नियामक निकायहरुको सस्थागत सुधार गर्ने , सबै प्रकारका धितोपत्र तथा ऋणपत्रहरुको विद्युतिय  प्रणालीबाट कारोवार गर्ने , सरकारी ऋणपत्र खरिद बिक्रिको लागि अनलाइन प्रणालीको विकास गर्ने, लगानिकर्ताको प्यान नम्बरलाइ आबस्यक ब्याबस्थापन गर्ने  लगायत पुजि बजारको सुधारको निम्ति बजेट मार्फत गरिएका प्रयासहरु सकारात्मक छ्न।
यसले लगानिकर्तामा केही कन्फिडेन्ट बढाउन सक्ने ठाउँ देखिन्छ। यो सकारात्मक पक्ष हो । अर्कोतर्फ यसै बजेटलाई देखाएर बजारमा अबका केही दिन अप्राकृतिक चलखेल  पनि देखिन सक्छ्न । यसप्रती लगानिकर्ता सचेत भइ विबेकपुर्ण लगानीमा ध्यान दिनु आबस्यक छ । आषाढ मसान्तसम्मको वित्तीय प्रगतिको साथै  आगामी मौद्रिक नितिले पनि बजारको बाँकी गति निर्घारण गर्न भुमिका खेल्नेछ ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस