Like us!
Follow us!
Connect us!
Watch us!
फेब्रुअरी दोस्रो साता ग्लोबल मार्केटमा २ अर्बको सेयर जारी गर्दै

सगुनले अमेरिकी सरकारबाट पायो मिनी आइपिओ जारी गर्ने अनुमति

मंगलबार, १८ माघ २०७३, १४ : ४१ मा प्रकाशित

सगुनले अमेरिकी सरकारबाट पायो मिनी आइपिओ जारी गर्ने अनुमति

अर्थ संसार 

काठमाडौं–नेपालीले विकास गरेको स्टार्ट अप कम्पनी सगुन इंकले अमेरिकी सेक्युरिटिज एन्ड एक्स्चेन्ज काउन्सिलबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएको छ । 

सगुनले आफ्नो वेवसाइटबाट लगानीकर्तालाई यसको जानकारी दिएको हो । ‘शुभ समाचारः सगुन इंकलाई अमेरिकी सेक्युरिटिज एन्ड एक्स्चेन्ज कमिसनले योग्य ठानेको छ । अब तपाईंले सगुनको हिस्सा खरिद गर्न सक्नु हुनेछ,’ सगुनले आफ्नो वेवसाइटमा राखेको जानकारीमा भनिएको छ । 

एउटा नेपालीको आइडियामा यी सबै फेसबुक, ट्वीटर, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको विशेषता भएको सामाजिक संजाल सगुनले अमेरिकाको धितोपत्र बोर्डबाट मिनी आइपिओ जारी गर्ने अनुमति पाएको हो ।

अमेरिकामा मिनी आइपिओ जारी गर्न अनुमति पाउने नेपाली संस्थापक रहेको सगुन इंक पहिलो कम्पनी हो । गैरआवासीय नेपालीहरुले सुरुमा लगानी गरेको यस कम्पनीले अमेरिकी जब्स एक्स २०१२ अनुसार प्रारंभिक चरणको लगानी जुटाउन मिनी आइपिओ जारी गर्न अनुमति माग्दै त्यहाँको नियमनकारी निकायमा आवेदन दिएको थियो ।  

 अमेरिकामा बसेर आइटीमा केही नयाँ प्रयोग गर्न सक्रिय रहेका नेपाली गोविन्द गिरीको टोलीले विकास गरेको सगुनले पाएको यो निकै ठूलो उपलब्धि हो । विश्वभरका मिडियामा चर्चा पाएको यस कम्पनीले अनुमति पाएपछि अर्को साता संसारभरबाट लगानी जुटाउन मिनी इनिसियल पब्लिक अफरिङ (आइपिओ) जारी गर्ने भएको छ ।

‘हामीले अमेरिकी सरकारको अनुमति पाएका छौं, सगुन स्रोतले भन्यो, ‘मिनी आइपिओ जारी गर्न आवश्यक केही तयारी पूरा गरेर फेब्रुअरीको दोस्रो सातातिर लगानीकर्ताहरुलाई सेयर हाल्न आह्वान गर्ने छौं । 

एउटा नेपालीले मेहनत गरेर स्थापना गरेको सगुन इंक पब्लिक कम्पनीका रुपमा अमेरिकी स्टक मार्केटमा सूचिकृत हुने पहिलो कम्पनी हुने छ । सगुनले मिनी आइपिओ जारी गरेर २ करोड डलर (करिव २ अर्ब रुपैयाँ) संकलन गर्ने तयारी गरेको छ । 

 सर्बसाधारणका लागि कम्पनीले मिनि आइपीओमार्फत कम्पनीको कुल भ्यालुको २१ प्रतिशत अर्थात ८ लाख ७० हजार कित्ता शेयर जारी गर्दैछ । त्यति सेयरमध्ये हरेकले कम्तिमा प्रतिकित्ता २३ डलरका दरले १३ कित्ता शेयर खरिद गर्न २ सय ९९ डलर (करिव ३२ हजार रुपैयाँ) लगानी गर्न सक्नेछन् । 

अमेरिकी नियमनकारी निकायमा आवेदन गरेपछि सगुनले आफ्नो वेवसाइटमार्फत आइपिओमा लगानीकर्तासँग आफूले गर्न सक्ने रकमको प्रतिवद्धता मागेको थियो । सगुन डटकम इन्भेस्टमा आफूले किन्न चाहेको रकम तोकेर प्रतिवद्धता जाहेर गर्न सक्ने ब्यवस्था छ ।

इच्छा जाहेर गर्न गर्नेलाई सगुनले मिनी आइपिओ खुल्ने दिन र समयबारे इमेलमार्फत जानकारी दिने जनाएको छ । आइपिओ खुलेपछि अनलाइनबाटै आवेदन गर्न सकिने ब्यवस्था छ । समाचार तयार पारुन्जेल ३ हजार ९ सय ७५ जनाले ७२ लाख ७७ हजार (करिव ७३ करोड लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् । 

सगुनको आइपिओमा विदेशमा रहेका नेपालीले मात्र लगानी गर्न सक्नेछन् । नेपालबाट विदेशमा लगानी गर्न कानुनले रोक लगाएको छ । अमेरिकामा रहेका नेपालीले सगुनले आफ्नो वेवसाइटमा तोकेको फर्म भरेर लगानी गर्न सक्छन् ।

त्यहाँबाट अनलाइन ट्रान्सफर, बैंकमा चेकमार्फत भुक्तानी र वायर ट्रान्सफरमार्फत लगानी गर्न सकिने सगुनले जनाएको छ । अन्य मुलुकबाट भने वायर ट्रान्सफरमार्फत सगुनको खातामा नगद पठाएर लगानी गर्न सकिन्छ । 

अमेरिकामा रहेका नेपालीहरुले ५ करोड लगानी जम्मा गरेर स्थापना गरेको सामाजिक नेटवर्क सगुनले आफ्नो लोकप्रियता बढाउँदै लगेको छ । सगुनले नेपाल र भारतमा कार्यालय स्थापना गरेर वेवसाइट डेभलपमेन्टको काम गरिरहेको छ । 

सगुन डटकमले प्रयोगकर्तालाई समेत आफूले गरेको कमाइको केही हिस्सा बाँड्ने महत्वाकांक्षी योजना ल्याएको छ । यसले आफ्ना प्रयोगकर्तालाई डिजिटल सोसल स्मार्ट कार्ड उपलब्ध गराउँछ । यसमा खाता खोल्दा, साथी बनाउँदा, साथीलाई म्यासेज पठाउँदा नगद (रिवार्ड) प्राप्त हुने ब्यवस्था छ । यसको स्मार्ट कार्डलाई अर्को बर्षदेखि ग्राहकले अनलाईन सपिङ गर्न÷उपहार पठाउन प्रयोग गर्न सक्ने सगुनले जानकारी दिएको छ ।  

सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुन्छ । त्यसै गरी साइटमा भएका एप्सहरुको प्रयोग गर्दै जादा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुदै जान्छ । जम्मा भएको रकम अनलाइन सपिङमा प्रयोग गर्न सक्ने गरी तयारी गरिरहेको सगुनका एक संस्थापकले बताए । 

सगुनले चर्चित बलिउड नायिका मनिषा कोइरालालाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ ।  नेपालमा यसको सुरुआत तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको