Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

अर्थ संसार

शुक्रबार, २४ जेठ २०७६, १७ : ०५ मा प्रकाशित

आइतबार काठमाडौं उपत्यकामा  सार्वजनिक बिदा

अर्थ संसार,काठमाडौं– सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयका अनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले आइतबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोक कुमार राईले जारी गरेको सुचनामा लेखिएको छ, ‘यही २०७६ साल जेठ २६ गते आइतबारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा हुने व्यहोरो सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको