Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

मंगलबार, २८ जेठ २०७६, १७ : ४३ मा प्रकाशित

जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

अर्थ संसार, इलाम– इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

    वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ । आगो के कारणले लागेको भन्ने बारेमा यकिन हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको