Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : नेप्से परिसूचक करिब १ प्रतिशतले घट्यो, औषत कारोबार ५ अर्ब ३८ करोड

अर्थ संसार

शनिबार, २३ जेठ २०८३, ०७ : ३७ मा प्रकाशित

साताको सेयर : नेप्से परिसूचक करिब १ प्रतिशतले घट्यो, औषत कारोबार ५ अर्ब ३८ करोड

यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७८२.१० विन्दुमा बन्द भएको नेप्से, यो साता ०.९६ प्रतिशत अर्थात २६.६९ अंक घटेर २७५५.४१ विन्दुमा बन्द भएको हो ।

यो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इण्डेक्स ३.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.१७ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ११.२३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ६.६० प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४५ अर्ब रुपैयाँ घटेर ४७ खर्ब १ अर्ब रुपैयाँमा सीमित भएको छ ।

१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.९१ प्रतिशत बढेको छ । गत साता २३८५.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६४.९२ अंक बढेर २५५०.२७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५११.३८ अंक बढेको छ ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.९८ प्रतिशत घटेको छ । गत साता ३८०२.९७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २६५.३१ अंक घटेर ३५३७.६६ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३०८.१७ अंक घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको