Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा किन आयो उछाल ? बजार कति बढ्ला ?

बुधबार, १९ माघ २०७३, १६ : १४ मा प्रकाशित

सेयर बजारमा किन आयो उछाल ? बजार कति बढ्ला ?

अर्थ संसार 

काठमाडौं–सेयर बजार निरंतर ओरालो लागेर टाउकोमा हात राख्न थालेका लगानीकर्ताहरुलाई बुधबारको कारोबारले उत्साहित बनाएको छ । बजार एकाएक ६३ अंकले बढ्दा लगानीकर्ताको मुहारमा मुस्कान छाएको छ । बजारलाई एकाएक युटर्न ल्याउनमा नेप्से संचालक समितिले तत्काल अनलाइन ट्रेडिङ सुरु गर्ने भनी गरेको निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

लगानीकर्तालाई उत्साहित गर्ने अर्को तत्व भने बजारमा तरलता सहज हुँदै गएको समाचारले हो । नेपाल लाइफको एफपिओमा जम्मा भएको करिव ५१ अर्ब रुपैयाँ बैंकिङ च्यानलमा फर्केको छ । त्यसलाई बैंकहरुले बाँडेर लिएका छन् । सरकार निर्वाचन उन्मुख भएको समाचारले पनि लगानीकर्ताहरुलाई सकारात्मक संदेश दिएको छ । यसले गर्दा लगानीकर्ताहरु निकै उत्साहित भएका छन् । बजार मंगलबार पनि केही बढेको थियो ।  

नेप्से बुधबार ६३.२३ अंकले बढेर १३८९.८३ अंकमा पुगेको छ । बजार बढ्दा बजार पुँजीकरण एकैदिन ७१ अर्ब रुपैयाँले बढेको छ । बजापँजीकरण मंगलबार १४ खर्ब ९२ अर्बबाट बढेृर १५ खर्ब ६३ अर्ब रुपैयाँमा पुगेको हो ।

अघिल्लो दिन जसरी बीमा समुह घटेको थियो, त्यसै गरी उकालो लागेको छ । यसदिन यो समुह सबैभन्दा बढी ३७६ अंकले अकासियो । त्यसपछि वाणिज्य बैंक ६४, होटल ४४, विकास बैंक ५६, जलविद्युत ८०, वित्त १९ र उत्पादन समूह २५ अंकले बढेका छन् । यस दिन १३७ कम्पनीको १८ लाख ३३ हजार ४ सय ४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकमसमेत अघिल्लो दिनको तुलनमा बढेर ६० करोड ६७ लाख रुपैंया पुगेको छ ।  

यस दिन बढी कारोबार गर्नेमा सिद्धार्थ बैंक छ । यस बैंकले दिने ३९ प्रतिशत बोनस पाउने अन्तिम दिन भएकाले लगानीकर्ता यता ओइरिए । यस बैंकको ८ करोड २२ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । त्यसपछि नेपाल टेलिकमको ६ करोडभन्दा बढी, जलविद्युत लगानी तथा विकास कम्पनीको ३ करोड ७० लाखभन्दा बढी एनबी र प्रभु बैंक हरेकको २ करोडभन्दा बढीको कारोबार भएको छ ।

यस दिन स्वाबलम्बन विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक र छिमेक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । । यसपछि ग्रामिण विकास बैंक, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र सानिमामाइ हाइड्रोलगायतका कम्पनीको कमाइ ९ प्रतिशतभन्दा बडी छ । 

यस्तरी बजार उचालिँदा पनि एनएमबि बैंकका संस्थापक सेयरधनीले १० प्रतिशतले सम्पत्ति गुमाए । यसपछि सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम, गुहेश्वरी मर्चेन्ट, ओरिन्टल होटल र एक्सल डेभलपमेन्टका संस्थापक सेयरधनीले समेत उच्च दरमा सम्पत्ति गुमाएका छन् ।

सधैं राताम्य बजार हेरेर निराश भएका लगानीकर्ताले बजारको अधोगति सकिएको अनुमान गरेका छन् । अनलाइन कारोबार हुँदै गरेको, मुलुक मुठभेडबाट निर्वाचनतर्फ केन्द्रीत भएको, सेयर ब्रोकरहरुले उपत्यकाबाहिर शाखा विस्तार गर्न थालेकोलगायतका कारणले अब बजार निरंतर उकालिने विष्लेषकहरुको अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको