Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीबाट लाखौँको क्षति

आइतबार, ०१ असार २०७६, १४ : १४ मा प्रकाशित

आगलागीबाट लाखौँको क्षति

अर्थ संसार, तुलसीपुर- दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हँुदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका तीन बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ । आगलागी बाट रु ४५ हजार बराबरको क्षति भएको छ भने आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको