अर्थसंसार
काठमाडौँ – एनआएसी एसिया बैंकले विभिन्न पदमा ३ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले उपप्रमुख कार्यकारी पदमा १ जनाको लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि बैंकिङ क्षेत्रमा १५ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ ।
यस्तै बैंकले १ जना कम्पनी सचिवको लागि पनि दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि ५ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ । यस्तैगरी बैंकले वरिष्ठ प्रबन्धक पदमा १ जनाको लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि ७ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ ।इच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन ६ गतेसम्म www.nicasiabank.com/careers/detail/609 मा निवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस