अर्थसंसार
काठमाडौँ – सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा २ दर्जन भन्दा बढी कर्मचारीहरुको माग गरेको छ । बैंकले केही चार्टड एकाउन्टेन्टको लागि दरखास्त आह्वान गरेको छ । यस्तै बैंकले एमबिए गरेका ५ जना मेनेजमेन्ट ट्रेनीको लागि निवेदन खुल्ला गरेको छ ।
यस्तैगरी बैंकले स्नाकोक्तर गरेका २० जना ट्रेनी एसिस्टेन्टको माग गरेको छ । यस्तै बैंकले एस. एल. सी पास गरेर कर्मसियल बैंकिङ क्षेत्रमा २ वर्षको अनुभव भएका केही जुनियर गोल्ड टेस्टरको लागि पनि निवेदन खुल्ला गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १७ गतेसम्म www.ctznbank.com/career.php मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस