Like us!
Follow us!
Connect us!
Watch us!

लाभांशको पारित गर्दै देवः विकास बैंकको साधारणसभा सम्पन्न, वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ती ( भिडियोसहित)

विहीबार, १२ असार २०७६, १८ : ५१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  देवः विकास बैंकको आफ्नो १२ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ । साधारणसभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न स्वीकृति प्रदान गरेको छ ।

नेपाल पुलिस क्लव भृकृटीमण्डपमा सम्पन्न साधारणसभाले  आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

जेठ १३ गते बसेको संचालक समितिको २७६ औं बैठकले असार ६ गते देखि १२ गते सम्म शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने मिति निर्धारण गरेको छ । यस अनुसार असार ५ गते कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

उता वेष्टर्न डेभलपमेन्ट बैंकले पनि देव विकास बैंकसँग प्राप्ती हुने सम्बन्धमा बिहीबारै  होटल सीटी दाङमा साधारण सभा सम्पन्न गरेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको