Like us!
Follow us!
Connect us!
Watch us!

साउदी जेलमा रहेकाचौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

बुधबार, १८ असार २०७६, १७ : ५३ मा प्रकाशित

साउदी जेलमा रहेकाचौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

अर्थ संसार,काठमाडौँ– विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेकाचितवन खैरहनीनगरपालिका–१० गुठौलीकाजलेश्वर चौधरीलाई रिहाई गर्नको लागिसामाजिक स्वयंमसेवक नेपालमिसनचितवन र मिसनझापाको नेतृत्वमा संकलित३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।

संस्थाद्वारा संकलनगरिएको उक्त‘ब्लड–मनी’साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाकाउपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेकाहुन ।
गाडी चलाउने क्रममा साउदीनागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखिजेलमा रहेकाचौधरीको रिहाईको पहलगर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाखपचास हजार सहयोग गर्ने प्रतिवद्वताआएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनिलामिछाने जानकारी दिए ।
लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामाविदेशिएका नेपालीनागरिकहरुलाई परेको अप्ठ्यारोमाआफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।
बैदेशिक रोजगारीको नाममा ठगिएका तथाअलपत्रमा परेकाहरुको उद्वारकै निम्तिआफु इन्डोनेसियाको बालीसम्मपुगेकोे पनिउनले स्पष्ट पारे । उनले भने,‘योभन्दापहिलापनि राष्ट्र परिवर्तनको लागियुवाअभियानहरु संचालनगर्दै भ्रष्ट्राचार,विकृतितथाविसंगतिकाविरुद्वअभियानचलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोकमुलककार्यहरु गर्दे आएको उनको भनाई छ ।
लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलनतथाविपन्न परिवारकाविद्यार्थीहरुलाई निःशुल्कशिक्षाको लागि सहयोग गर्न पाउँदाआफुमाखुशि र थपहौसलाप्रदानभएको बताए ।
‘अहिले ब्लड मनिको सिकार बनेकाचौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमापुगेकाहुन ।’–उनको भनाई छ । उनले भने,‘साउदी सरकारले ब्लड मनीमा सहमतीजनाउँदापनि राजनैतिकतवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाएपनि सहयोगीहातहरुले आज एक जना नेपालीको ज्यानबचाउने अभियानमालागेकाहौ ।’
केहीसमय पहिले बारा र पर्सामागएको बिनासकारी आँधिबाट पीडितको उद्वारकार्यमा सहयोग पु¥याएको उनको भनाई छ ।साथै, उनले कुनैपनिप्रकारका बिरामीहरुलाई रगतको अभावभएमाआफ्नो संस्थासंग सम्पर्क गर्नपनिआह्वान गरे ।
कार्यक्रममाबोल्दैरिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले लामिछानेले नेपालीहरुको दुःखमा ठूलो सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले भने,‘लामिछानेजीले धेरै उदाहरणीय कामगर्नुभएको छ, म उहाँको कामको खुलेर प्रसंसा गर्न चाहन्छु ।’
लामिछानेले गरेको कामले आज पीडित परिवारको मुहारमाखुशियाली छाएको बताउँदै धमलाले आगामीदिनमापनि यस्तैखाले सहयोगको भावना र असलकर्मलाई निरन्तरतादिनआग्रह गरे ।
‘आज हरेक नेपालीयुवाहरुको लागिबिदेशीनु बाध्यताबनेको छ ।विदेशको जेलमा सयौं नेपालीहरु छन्, उनीहरुको उद्वारमा नेपाल सरकारले ध्यान दिनुपर्छ’–धमलाले थपे ।
‘विदेशकमा रहेकानेपालीनियोगमा रहेका राजदुतहरुले के गरेर बसेका छन?आफ्नानागरिकको पीडा सुन्नुपर्देन ?’उनको आक्रोस छ ।धमलाले भने,‘म परराष्ट्रमन्त्री,श्रम तथा रोजगारमन्त्रीतथाप्रधानमन्त्रीलाई अनुरोध गर्छु नेपालीनागरिक बिदेश कुनै रहर नभई बाध्यताबशगएकाहुन, उनीहरुका समस्यामाध्यानदिनुहोस् ।’
कार्यक्रममाबोल्दै साउदी जेलमा रहेकापीडित चौधरीकाबुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउनगएको तर झण्डै मृत्युको मुखमापुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रतिधन्यवाददिए।
छोराले केहीकमाउला र परिवारिक समस्या सामाधानहोलाभनेर बाध्यताले छोरालाई बिदेश पठाएको जनाउदै विगतलामो समयदेखि आफु नमरी छोराको मृत्युको खवर कहिले आउने हो भन्दै चिन्तामाबितेको पनिउनले सुनाए ।
‘सबै भगवानको खेल हुँदो रहेछ । आजमलाई यो संस्थामार्फत सहयोग गर्नेहरु सबै भगवानबनेर आउनुभएको छ । सहयोगको लागि हृदयदेखि नै धन्यवाददिन चाहन्छु’–उनले भने ।
‘छोरा कमाएर भन्दापनिबाँचेर आउने आशामा’आफू खुशी रहेको महतोको भनाई छ । उनले भने,‘अबदुःख सुख गरेर भएपनि स्वेदेशमै केही गरेर परिवार पाल्ने छौ ।’ चाँडै नै छोरा नेपालफर्कनेमाआफुढुक्क बनेको पनिमहतोले विश्वास दिलाए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको