Like us!
Follow us!
Connect us!
Watch us!

इन्डोनेसियन बाटिक प्रदर्शन काठमाडौंमा शुरु (भिडियो)

अर्थ संसार

शुक्रबार, २० असार २०७६, १६ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– राजधानीमा काठमाडौंमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्य दूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्ग स्थितहोटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।

नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्माे (Rina P. Soemarmo) र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

आइएमई ग्रुप र आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सह आयोक रहेको उक्त मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ ।

मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपालतथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने छ ।

उक्तमेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै यीदुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमाअसल सम्बन्ध रहीआएको स्पष्ट गर्नुभयो ।

नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताउनुभयो ।

दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागतगर्नका लागि गएका केहीवर्षयतादेखि यस्ता सांस्कृतिक आदान प्रदानका कार्यक्रमहरु जारी राखिएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमायी दुई देशका नागरिक एक अर्काे देशमा पर्यटकका रुपमा भित्रिने संख्यामा उल्लेख्य बृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न पद्दत पुग्ने ढकालले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुतगरिएको थियो ।  
२०७६ सालअसार १९ गते विहीवारबाट शुरु भएको उक्त वाटिक प्रदर्शनी २०७६ साल असार २० गते शुक्रबार साँझ ५ बजेसम्म संचालनमा आउनेछ ।

5d1f2abf74e45.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको