Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको नुवाकोटमा बित्तिय साक्षरता

मंगलबार, २५ माघ २०७३, ११ : २० मा प्रकाशित

सिटिजन्स बैंकको नुवाकोटमा बित्तिय साक्षरता

अर्थ संसार
काठमाडौं–डिएफआइडीद्वारा संचालित लुइस बर्गरको सहकार्यमा सिटिजन्स बैकंले भूकम्प अति प्रभावित नुवाकोटका लहरेपौवा, कविलाश, थानसिङ्ग र बुधसिङ्ग गाविसमा सिटिजन्स बैंकले दुई दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रम विशेष गरि युवा, विद्यार्थी, सिमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार/महिलालाई लक्षित गरि आयोजना गरिएको बैंकले जनाएको छ । वित्तीय साक्षरताद्वारा पाठकहरुलाई बैंकको बारेमा सामान्य जानकारी दिने, ग्राहकहरुलाई बचत र ऋणको सही व्यवस्थापन गरी व्यवसाय संचालन गर्ने, योजनाबद्ध रुपमा आफ्नो व्यवसायको तथा परिवारको बजेट निर्माण गरी उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने र ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बिकास गर्न सहयोग पुर्याउने उद्देश्य लिएको बैंकले जनाएको छ ।

यसैगरी देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुपुर्याउने उद्देश्यका साथ बाराको कोल्हबीमा बैंकले वित्तिय साक्षरता सम्बन्धी घर दैलो कार्यक्रम पनि सम्पन्न गरेको छ ।
 
यसैबीच सिटिजन्स बैंक र कास्को फाइनान्सियल सर्भिस (युके) बीच युरोपेली मुलुकहरुबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालिमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिनेसम्झौता भएको छ । कास्कोमार्फत नेपालमा पठाइएको विप्रेरषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेका ५८ वटा शाखा र ३ हजारभन्दा बढी सहायक प्रतिनिधिबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने बैंकले विज्ञप्तिमा जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको