Like us!
Follow us!
Connect us!
Watch us!

एकिकरण प्रक्रिया थालेपछि रोकियो भिबोर सोसाइटी डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्सको सेयर कारोबार

मंगलबार, २५ माघ २०७३, १२ : ४४ मा प्रकाशित

एकिकरण प्रक्रिया थालेपछि रोकियो भिबोर सोसाइटी डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्सको सेयर कारोबार

अर्थ संसार

काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले एकिकरण प्रक्रियामा रहेका भिबोर सोसाइटी डेभलपमेण्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । दुवै कम्पनीले सोमबार मर्जमा जाने सम्बन्धमा सम्झौता गरेका थिए ।

भिबोर सोसाइटीका अध्यक्ष शुशीलराज पराजुली र फाइनान्सका अध्यक्ष चिन्तामणि भट्टराईले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि भिबोर विकास बैंक र सोसाइटी डेभलपमेण्ट बैंक मर्ज भएर भिबोर सोसाइटी बिकास बैंक बनेको थियो ।

विभोर सोसाइटी र लुम्बिनी गाभिएपछि लुम्बिनी विकास बैंकका नाममा कारोबार गर्ने छ । दुवै संस्था गाभिँदा हुने सेयर स्वाप रेसियो भने तय भएको छैन । दुवैको डिडिए प्रतिवेदनका आधारमा स्वाप रेसियो तय हुने छ । अहिले भिबोर सोसाइटीको चुक्ता पूँजी १ अर्ब ८१ करोड र लुम्बिनी फाइनान्सको ४१ करोड रुपैंया छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको