Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफा ३२ करोड, कसरी पुर्याउँदै छ ८ अर्ब चुक्ता पूँजी

मंगलबार, २५ माघ २०७३, १२ : ५८ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफा ३२ करोड, कसरी पुर्याउँदै छ ८ अर्ब चुक्ता पूँजी

अर्थ संसार
काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमाससम्म संचालन मुनाफा २२ करोड ३९ लाख रुपैयाँ गरेको छ । बैंकले गत वर्षको यही अबधिको तुलनामा खुद मुनाफा ३९.३० प्रतिशतले बढाएको हो । बैंको चालु आवको दोस्रो त्रैमासमा चुक्तापूँजी ३ अर्ब ६८ करोड पुगेको छ ।

जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ राखेको छ । बैंकले यस अबधिमा ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको जनाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको प्रति सेयर आम्दानी १२ रुपैंया १४ पैंसा, प्रति सेयर नेटवर्थ १ सय २२ रुपैंया ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम गरेको छ ।नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चालु आर्थिक बर्षभित्र ८ अर्ब पूंजी पुर्याउन बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिइसकेको छ ।

नपुग रकम हकप्रद र बोनस शेयर जारी गरी पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।सेन्चुरीको ३१ वटा शाखा, २९ वटा एटीएम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टर छन् । दुई विकास बैंकलाई प्राप्त गरेपछि सेन्चुरीका शाखा शाखा संजाल ५४ वटा हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको