अर्थ संसार, काठमाण्डौँ–  विज्ञापन एजेन्सी तथा ईभेन्ट म्यानेजमेन्ट कम्पनी एभरेष्ट एड एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.विभिन्न कार्यक्रमहरू गरी भव्यताका साथ तेस्रो वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवकै अवसर पारेर एभरेष्ट एडले मातातीर्थमा अवस्थित मातातिर्थ वृद्धाश्रम समितिलाई खाद्यान तथा अत्यावश्यकीय सामाग्री वितरण गरेको छ। वृद्धाश्रमलाई उपलब्ध गराइएका सामग्रीहरूमा चामल ३०० किलो, दाल ३० किलो, आलु ५० किलो, चिनी ५० किलो, तेल १० लिटर, नुन ५ किलो, मसला ५ किलो, खसी र कुखुराको मासु, लुगाधुने साबुन, नुहाउने साबुन, हातधुने साबुन, सर्फ, हार्पिक, फिने, ट्रवाईलेट ब्रस र कुर्सीहरू रहेका छन्। सो वृद्धाश्रममा २४ वृद्ध आमाहरु र ५ जना सहयोगीहरु बस्ने गर्दछन्।
एभरेष्ट एडले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्तवअन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएकोमा खाद्यान तथा अत्यावश्यकीय सामाग्री वितरण कार्य यसको निरन्तरता भएको सो विज्ञापन एजेन्सीका प्रबन्ध निर्देशक श्री जे।बी विष्टले बताउनुभयो।
उहाँले भन्नुभयो,- “हामी व्यवासियक कार्य कुशलताका साथ गर्ने मात्र नभई हामी बस्ने समाजलाई अझ सुन्दर बनाउन सबैखाले सहयोग गर्नप्रति सदैव प्रतिबद्ध छौँ र त्यसकै हिस्सास्वरूप हामी सामाजिक सेवाका कार्यहरूमा पनि सक्रिय सहभागी हुनुका साथै आर्थिक रूपमा सहयोगहरू पनि प्रदान गर्दै आएका छौँ। यस्ता कार्यहरूमा सधैँ हाम्रो प्राथमिकतामा रहनेछन्।”
मातातिर्थ वृद्धाश्रम समितिको व्यवस्थापनले खाद्यान तथा अत्यावश्यकीय सामाग्री सहयोगस्वरूप उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै सबै क्षेत्रबाट यस्तै किसिमको साथ र सद्भाव प्राप्त भइरहे वृद्धाश्रममा बस्ने आमाबुवाहरूको बसाइँ सहज र उनीहरूलाई खुसी मिल्ने बतायो।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस