अर्थ संसार
काठमाडौं–एनआइडिसी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्बजनिक गरेको छ । बैंकको नाफा गत बर्षको यसै अवधिमा भन्दा ९२ प्रतिशतले बढेको हो । एनआइडिसी राष्ट्रिय वाणिज्य बैंकसँग मर्जरमा लैजाने निर्णय सरकारले गरिसकेको छ ।
बैंकको चुक्ता पूँजी ४१ करोड ५८ लाख रुपैयाँ छ । बैंकको एनआइडीसीको जगेडा कोषमा भने ३ अर्ब १४ करोड २० लाख रुपैँया जम्मा भइसकेको छ । यस अबधिमा बैंकले प्रोभिजनमा छुट्याएको ६ करोड ६१ लाख रुपैँया फिर्ता ल्याएको छ ।
बैंकले पुस मसान्तसम्म १ अर्ब ४२ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरि २ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा भने ८.९७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी बार्षिक ६४.१६ रुपैयाँ, प्रति सेयर नेटवर्थ ८५५.६२ रुपैयाँ र पूँजीकोष अनुपात ८४.५० प्रतिशत छ । एनआइडिसी र राष्ट्रिय वाणिज्य बैंक मर्ज गर्ने मन्त्रीपरिषद बैंठकबाट निर्णय भैसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस