Like us!
Follow us!
Connect us!
Watch us!

आज मौद्रिक नीति

मिलन खड्का

बुधबार, ०८ साउन २०७६, १२ : ३६ मा प्रकाशित

आज मौद्रिक नीति

अर्थ संसार, काठमाडौं–नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने भएको छ। आज दिउँसो ४ बजे निकाल्ने हिसाबले नेपाल राष्ट्र बैंक मौद्रिक अन्तिम तयारीमा जुटेको छ ।

गभर्नर डा. चिरञ्जिबी नेपालले जाँदाजाँदै 'बिग मर्जर' मार्फत बाणिज्य बैंकहरुको संख्या घटाउने  विषयलाई फोकस गर्ने बताइसकेका छन। बजेटमा निर्धारण गरिएको साढे आठ प्रतिशत आर्थिक वृद्धि, बाह्य क्षेत्र, मूल्यवृद्धि, शोधनान्तर घाटा, मर्जरलाई प्रोत्साहन, र अनुत्पादक क्षेत्रमा प्रवाह गरिने कर्जामा कडाई लगायतका विषयवस्तु समेटिने आंकलन गरिएको छ । 

यस्तै ब्याजदर, स्प्रेड, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा, कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी), र मर्जरमा जाने बैंकलार्ई दिन सकिने छुटको विषयमा पनि मौद्रिक नीतिले सम्बोधन गर्ने बताइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको