अर्थसंसार
काठमाडौँ – हाइड्रोपावर पावर प्लान्टले ७ जना कर्मचारी मागेको छ । पलान्टले २ वर्षको अनुभवसहित इलेक्ट्रिकल या मेकानिकल इन्जिनियरिङ गरेको १ जना प्लान्ट इन्चार्जको माग गरेको छ ।
यस्तै १ जना एसिष्टेन्ट प्लान्ट इन्चार्जको माग पनि कम्पनीले गरेको छ । उक्त पदका लागि २ वर्षको अनुभवसहित इलेक्ट्रिकल या मेकानिकल इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ ।
यस्तैगरी कम्पनीले इलेक्ट्रिकल ओभरसियर पास गरेर २ वर्षको अनुभव भएको १ जना इलेक्ट्रिसियनको लागि पनि दरखास्त खुल्ला गरेको छ ।
साथै कम्पनीले मेकानिकल ओभरसियर गरी २ वर्षको अनुभव भएको २ जना मेकानिक्सको लागि निवेदन खुल्ला गरेको छ ।
यस्तै कम्पनीले मेकानिकल टे«निङसहित २ वर्षको अनुभव भएको २ जना फिटरको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण [email protected] मा पठाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस