अर्थ संसार, काठमाडौं–नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउदै छ । आज आउँदै गरेको मौद्रिक नितिलाई बैंक तथा वित्तीय संस्थाले एकदम महत्वका साथ हेरिरहेका छन ।
गभर्नर डा. चिरञ्जिबी नेपालले जाँदाजाँदै 'बिग मर्जर' मार्फत बाणिज्य बैंकहरुको संख्या घटाउने विषयलाई फोकस गर्ने बताइसकेका छन। तेसैले पनि बैंकहरु पर्ख र हेर नीति अनुसार आजको नेपाल राष्ट्र बैंकको आज आउँदै गरेको मौद्रिक नीति कुरी बसेका छन ।
बजेटमा निर्धारण गरिएको साढे आठ प्रतिशत आर्थिक वृद्धि, बाह्य क्षेत्र, मूल्यवृद्धि, शोधनान्तर घाटा, मर्जरलाई प्रोत्साहन, र अनुत्पादक क्षेत्रमा प्रवाह गरिने कर्जामा कडाई लगायतका विषयवस्तु समेटिने आंकलन गरिएको छ ।
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकलाई केही सहुलियत दिने कुरा आएको छ । मौद्रिक नीतिमा स्प्रेड दरमा सहुलियत, प्राथमिकता प्राप्त कर्जामा सहुलियत, कुलिङ पिरियडमा सहुलियत र शाखा बिस्तारमा सहुलियत दिने कुरा छ । कार्यकारी तथा सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने, स्प्रेडदरमा सहुलियत, , शाखा विस्तार लागि स्वीकृति लिनु नपर्ने र प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा प्रवाह नगरे पनि कुनै जरिवाना नलाग्ने ब्यवस्था हुन सक्ने श्रोतको दाबी छ ।
राष्ट्र बैंकले अहिले ४ बजे मौद्रिक नीति ल्याउदै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस