Like us!
Follow us!
Connect us!
Watch us!

एफपिओ जारी गर्न लागेको स्ट्यान्डर्ड चार्टर्डले कति गर्यो नाफा ?

विहीबार, २७ माघ २०७३, १५ : ०० मा प्रकाशित

एफपिओ जारी गर्न लागेको स्ट्यान्डर्ड चार्टर्डले कति गर्यो नाफा ?

अर्थ संसार
काठमाडौं–फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न लागेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले आल आर्थिक कर्षको पुस मसान्तसम्म ७४ करोड खुद नाफा गरेको छ ।

बैंकको नाफा गत आर्थिक बर्षको यही अबधिको तुलनामा २१ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक बर्षको यही अबधिमा ६१ करोड खुद नाफा गरेको थियो । बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्काशन गर्ने तयारी गरेको छ । 

बैंकले यस अबधिमा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ गरेको छ । स्ट्यान्डर्ड चार्टर्डले गत आर्थिक बर्षको यही अबधिमा ५४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको