Like us!
Follow us!
Connect us!
Watch us!
वार्षिक साधारणसभाले गर्यो यी प्रस्तावहरु पारित

‘ प्रभु इन्स्योरेन्सका शेयरधनीलाई अर्काे वर्ष डबल डिजिट लाभांश दिन्छौ’

अर्थ संसार

शुक्रबार, १७ साउन २०७६, १७ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आफ्नो २३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । 

वार्षिक साधारणसभालाई सम्बोधन गर्र्दै प्रभु इन्स्योरेन्सका अध्यक्ष कुशुम लामाले यो आर्थिक वर्षमा शेयरधनीको हात खाली भएपनि अर्काे आर्थिक वर्षमा शेयरधनीलाई डबल डिजिट लाभां दिने बताउनुभयो ।

कम्पनीको ग्राहकहरुको सेवालाई छिटो छरितोको लागि क्यास लेस इन्स्योरेन्सको लागि विभिन्न अस्पतालहरुसँग सम्झौत गर्नेको साथै भारतमा जाने नेपाली कामदाहरुको लागि प्राइम समेत विमाको सुरुवात गरेको बताउनुभयो ।

प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तिनकुनेमा भएको साधारणसभाले बार्षिक प्रतिवेदन,  लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धीत  अनुसूचिहरुमाथि छलफल र लेखापरिक्षकको नियुक्ति तथा पारीश्रमिकलगायतको प्रस्तावहरु पारित गरेको छ।

5d442249a444f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको