Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक, परिसूचक झिनो अंकले बढ्दा, साढे ३ अर्ब माथिको कारोबार

अर्थ संसार

बुधबार, ०३ असार २०८३, १५ : ०६ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा ब्रेक, परिसूचक झिनो अंकले बढ्दा, साढे ३ अर्ब माथिको कारोबार

बुधबार सेयर बजार झिनो अंकले बढेर कारोबार बन्द भएको छ । लामो सयमको गिरावटमा ब्रेक लगाउँदै सेयर बजार ०.०८ अंकले बढेको हो । 

आजका कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७०५.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १२६ कम्पनीको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेर ४६४.४३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचक झिनो अंकले बढेको दिन कारोबार रकम भने घटेको छ ।

आज सेयर बजारमा ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ४४ हजार ५४२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको