एभरेष्ट कलरको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गते जेठ २२ गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर बिक्री गरेको थियो।
यो आइपीओमा २६ लाख ८७ हजार ४२१ आवेदकबाट कुल २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर माग भएको थियो। जसमा २६ लाख ४१ हजार ९५९ आवेदकबाट माग भएको २ करोड ८२ लाख ९५ हजार ६९० कित्ता सेयर सदर भएको थियो। यस हिसाबले ४५ हजार ४६२ आवेदकबाट परेको ५ लाख ३८ हजार ३० कित्ता सेयर बदर भएको छ । एभरेष्ट कलरको आइपीओ मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६५ हजार ५७० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यस हिसाबले २५ लाख ७६ हजार ३८९ आवेदकको हात खाली भएको छ।
आईपीओको नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/share-allotment सिडीएससीको मेरोसेयरको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस