चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा नेपालका १७ वटा विकास बैंकहरूले कुल ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ७५.२३ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा १३ बैंकको नाफामा आकर्षक सुधार देखिएको छ भने ४ बैंकको नाफा ऋणात्मक रहेको छ।
यस अवधिमा १ अर्ब २० करोड ७९ लाख रुपैयाँ कमाउँदै गरिमा विकास बैंक सबैभन्दा अगाडि रहेको छ भने मुक्तिनाथ विकास बैंक १ अर्ब १० करोड ६३ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। त्यस्तै, शाइन रेसुङ्गाको नाफा ८९ करोड ३९ लाख, ज्योति विकास बैंकको ७२ करोड ४९ लाख, कामना सेवाको ६७ करोड २ लाख, सांग्रिलाको ५४ करोड ६० लाख र महालक्ष्मी विकास बैंकको नाफा ४६ करोड ३८ लाख रुपैयाँ रहेको छ। लुम्बिनी विकास बैंकको नाफामा ४२८ प्रतिशतको उच्च वृद्धि भई ६३ करोड ६ लाख रुपैयाँ पुगेको छ। यसबाहेक एक्सेल, मितेरी, सप्तकोशी र कर्पोरेट डेभलपमेन्ट बैंक पनि नाफामा रहेका छन्।
सालपा विकास बैंक ८० लाख, सिन्धु विकास बैंक ३ करोड ७३ लाख, नारायणी डेभलपमेन्ट बैंक ५ करोड ४९ लाख र कर्णाली डेभलपमेन्ट बैंक २३ करोड ९६ लाख गरी चारवटा बैंकको नाफा भने ऋणात्मक देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस