Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकद्वार काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

अर्थ संसार

बुधबार, २२ साउन २०७६, १४ : २६ मा प्रकाशित

लुम्बिनी विकास बैंकद्वार काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित  काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग गरेको छ ।


विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागि मंगलबार विकास बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहका बिच १५०० लिटर क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण  गर्नुभएको हो ।    

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यस विकास बैंकका संचालक समितीका अध्यक्ष शुशील राज पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताउनु भयो ।
 
“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।  


       

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको