Like us!
Follow us!
Connect us!
Watch us!

बैक अफ काठमान्डूको नाफा २ अर्ब नजिक, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २३ साउन २०७६, ०८ : २५ मा प्रकाशित

बैक अफ काठमान्डूको नाफा २ अर्ब नजिक, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं-  अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले  गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो आवको त्यही अवधिमा बैंकले १ अर्ब ३२ करोड नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड छ ।
 
बैक अफ काठमान्डूले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.३८ प्रतिशत र ४७.८१ प्रतिशत ले वृद्धि गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै, बैंकले अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन ७.८३ प्रतिशतले र कर्जा प्रवाह ९.०४ प्रतिशतले बढाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २४।०४ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.३२ प्रतिशतले घटेको देखाएको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १४.५६ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.२६ प्रतिशत र सीडी रेसियो ७५.८० प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ९.९८ प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.६५ गुणा कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको