Like us!
Follow us!
Connect us!
Watch us!

मर्चेन्ट बैंकिङको कारोबार गर्ने खुल्यो अर्को कम्पनी, ३ करोड चुक्ता पूँजी

शुक्रबार, २८ माघ २०७३, १६ : ११ मा प्रकाशित

मर्चेन्ट बैंकिङको कारोबार गर्ने खुल्यो अर्को कम्पनी, ३ करोड चुक्ता पूँजी

अर्थ संसार          
काठमाडौं–लगानी ब्यवस्थापक, निक्षेप सदस्य र सेयर रजिष्ट्रारको काम गर्न अर्को कम्पनी खुलेको छ । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडको नाममा स्थापित उक्त कम्पनीको धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले शुक्रबार उद्घाटन गरे ।

कम्पनीले ‘नेपालको धितोपत्र बजारमा प्रचलित ऐन, कानून र नियमको परिपालना गरी धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धात्मक तथा अझ सुदृढ बनाउन सहयोग पु¥याउने उद्देश्यले स्थापना भइको’ जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट असार ६ गते धितोपत्र व्यवसायी (मर्चेन्ट बेैकर) को काम गर्ने अनुमति पाएको थियो । कम्पनीले साना तथा लगानीकर्तालाई लगानीको अबसर पहिचान गरेर प्रतिस्पर्धी लगानी वातावरण सिर्जना गर्ने प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बिमलकुमार तिवारीले बताए ।

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ८ करोड र चुक्ता पूँजी ३ करोड रुपैयाँ छ । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडको रजिष्ट्रार कार्यालय काठमाडौ महानगर वडा नम्बर ३५ पेप्सीकोलामा छ भने मुख्यालय कोटेश्वरको बालकुमारीमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको