Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफा ४ अर्ब २९ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २९ साउन २०७६, ०८ : ५६ मा प्रकाशित

नबिल बैंकको नाफा ४ अर्ब २९ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

यस अवधिमा बैंकले ४ अर्ब २९ करोड ४१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा नबिलले ३ अर्ब ९८ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नबिलको वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा खूद नाफा ४ अर्ब २९ करोडको उचाईमा पुगे पनि नियामकीय व्यवस्थाका कारण वितरणयोग्य मुनाफा चाहि ३.१८ अर्बमा सीमित बन्न पुगेको हो ।

अघिल्लो वर्षको यही अवधिमा नवील बैंकको नाफा ३ अर्ब ९८ करोड रुपैयाँमा सीमित थियो । नवीलले नाफातर्फ ७.८४ प्रतिशतको प्रगति गरेको देखिएको छ ।

अघिल्लो वर्ष ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६ अर्ब ८ करोडको उचाईमा पुगेको छ भने ६ अर्ब २६ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो वर्ष ३ अर्ब २५ करोडमा सीमित रिटेन अर्निङ ३ अर्ब ३७ करोड मात्र रहेको छ भने रिजर्बको आकार ९ अर्ब २८ करोड रहेको छ ।

समीक्षा अवधिमा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ४९.५१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यो वर्ष सामान्य घटेर ४७.६५ रुपैयाँमा सीमित बन्न पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात ०.७४ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ६.१३ प्रतिशत र आधार दर ८.०९ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको