अर्थ संसार, काठमाडौं– नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापनाभई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की जिल्लाको माछापुछ्रे र सर्दी खोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट  उत्पादनक्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट शुरु गरेकोछ ।
बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सह अगुवाई रसानीमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो ।
कुल परियोजनालागत  ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी  रु. ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाहहुनेछ ।
देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचानएवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस