अर्थ संसार, काठमाडौं– आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालनभएको दुई वर्ष पूरा भएको छ ।
कम्पनीले उक्तअवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ ।
उक्त कार्यक्रममा शुुभकामना मन्तब्य दिनुहुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले  प्रतिस्प्रधात्मक उपस्थिति जनाएको बताउनु भएको छ ।
चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीकोपहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नितितर्जुमा गरिने जानकारी गराउनु भयो ।
कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्र्िरकयाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताउनु भयो । साथ,ै आर्थिक पहुँचर वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझप्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवनबीमा लेख “आइएमई सामूहिक सावधिकबोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गरेको छ ।
सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराउनु भयो ।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममाकम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापनागरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६/७७ मा थपशाखा÷उपशाखाहरु बिस्तार गरि बीमाको पहुँचतथा सेवादिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमाशुल्क संकलनगर्न सफलभएको कम्पनीले जनाएको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस