- 
	
अर्थ संसार, काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा बिहीवार भएको छ । साधारणसभामा बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।
	 
बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले सभामा प्रस्ताव प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनीमार्फत व्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने विचार व्यक्त गरे ।
सभामा बैंक सञ्चालक समितिका सदस्य रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा।माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, केशवप्रसाद लम्साल लगायत उपस्थित थिए ।
चालू आव २०७५र७६ को चौथो त्रैमाससम्ममा बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, बैंकले १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस