अर्थ संसार
काठमाडौं– एस डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रेमासमा खुद मुनाफामा छलाङ्ग मार्न सफल भएको छ । बैंकले यस त्रैमासमा १२ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । सोही अवधिमा अघिल्लो वर्ष मुनाफा ५ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो बर्षको तुलनामा ८.८६ प्रतिशत बढी हो ।
१ अर्ब २० करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकले जगेडाकोषमा ३४ करोड १५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६ दशमलव २१ प्रतिशत वृद्धि गरी ७ अर्ब ५३ करोड ९६ लाख रुपयाँ संकलन गरेको छ । जसबाट कर्जामा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा २८ दशमलव ३७ प्रतिशतले बढेर २४ करोड ७८ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफा १ सय ६० प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । बंैकले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम २ करोड ८१ लाख रुपैयाँ छुटाएको छ भने सम्भावित जोखिम बापतको व्यवस्थामा फिर्ता रकम ४ करोड ८ लाख रुपैयाँ उठाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस