Like us!
Follow us!
Connect us!
Watch us!

दुई सयजनालाई जनही १० हजारको दरले पाकिस्तानी छात्रवृत्ति

शुक्रबार, १३ फागुन २०७३, १४ : ०७ मा प्रकाशित

दुई सयजनालाई जनही १० हजारको दरले पाकिस्तानी छात्रवृत्ति

काठमाडौँ– पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ । 

शिक्षामन्त्री धनीराम पौडेलले आज यहाँ आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे। 

उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उनले बताए । 
हाँस्थित पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रशन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिए । 

विगत चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि रु १० हजारका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

गत वर्ष उक्त कार्यक्रमबाट १५० जना विद्यार्थी लाभान्वित भएका थिए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको