Like us!
Follow us!
Connect us!
Watch us!

मोरङमा पैँतीस दल दर्ता

सोमबार, १६ फागुन २०७३, १५ : ०२ मा प्रकाशित

मोरङमा पैँतीस दल दर्ता

विराटनगर-मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो । 

नेकपा ९माले०, नेकपा ९संयुक्त०, मूलवासी पार्टी नेपाल र राष्ट्रवादी पार्टी निर्धारित अवधि पार गरेर दर्ताका लागि आवेदन आए पनि सूचीकृत नभएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी आइतबार दल दर्ताका लागि आवेदन दिएको उहाँले जानकारी गराउनुभयो ।     

वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा दर्ता हुन नसकेका दलले पार्टीको आधिकारिक छाप पाउन नसक्ने र स्वतन्त्र उम्मेदवारका रुपमामात्र निर्वाचनको छाप पाउने सो कार्यालयले जनाएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको