Like us!
Follow us!
Connect us!
Watch us!

मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ - अर्थमन्त्री

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, १४ : ५८ मा प्रकाशित

मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ - अर्थमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसद्‍बाट पास हुने बजेटले कार्यान्वयनको चरणमा धेरै अधिकार कार्यपालिकाले नै निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने प्रावधानहरू रहेको भनेर प्रश्न गरेकी थिइन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीलाई पदबाट हटाउने अधिकार संसद्सँग रहेको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले संसद्ले विश्वास गुमाएको अवस्थामा प्रधानमन्त्रीलाई हटाउन सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे।

सांसद खुश्बु ओलीको प्रश्नको जवाफमा अर्थमन्त्री वाग्लेले भने, ‘वेस्ट मिनिस्टर प्रणालीमा यही नै हो । ओभरल म्यान्डेड व्यवस्थापिकाले कार्यपालिकालाई दिन्छ ।  कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको